अमेरिकासँगको सम्बन्धका लागि पनि एमसीसी पारित गर्नु पर्छ
काठमाडौँ । नेपालले एमसीसी सम्झौता तोड्न नहुने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । अमेरिकी सहयोग निकायसँग भएको एमसीसी सम्झौता तोडेमा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण समेत बिग्रिने भएकोले सम्झौता लागु गर्नु पनेृ बताएका हुन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले एमसीसी सम्झौतालाई लिएर सत्तारुढ दल नेकपाभित्र र संसदमा पनि विवाद रहेको बेला अर्थमन्त्री खतिवडाले उक्त सम्झौता नेपालको हितमा भएकोले नेपालले अमेरिकासंगको सम्बनधलाई बचाइ राख्न सम्झौता तोड्न नहुने बताएका हुन् ।
नेकपाका नेताहरूले सम्झौता नै नेपालको हीत विपरीत भएको बताइरहेका बेला अर्थमन्त्रीले भने सहायक सम्झौतामा सच्याउन सकिने धारणा राखेका छन् ।
संसदको चालु अधिवेशनबाट एमसीसी सम्झौता पारित नभएमा खारेज हुनसक्ने अवस्था छ ।











