कान्तिलोक पथ र भीमफेदी–कुलेखानी सडक अवरुद्ध

मकवानपुर । छोटोे दूरीको हेटौंडा–भीमफेदी-कुलेखानी मार्ग र कान्तिलोकपथ सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण सो सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती प्रदेश सरकारले सडक बिस्तारको काम गरिरहेको हेटौंडा–भीमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत भिमफेदी–६ जुरिखेत नजिक लेदो माटो र चट्टानसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
त्यस्तै निर्माणको क्रममा रहेको कान्तिलोकपथ सडक खण्डको घट्टेपाखा, सिमात, छेपारे, कालोपहिरो, गंगटे लगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
सडक खुलाउन पहिरोे पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।