भीमफेदी–कुलेखानी सडक एकतर्फी सुचारु

हेटौडा न्युज
१२ असार २०७७, शुक्रबार ११:२४
;

मकवानपुर । हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं छोटो दुरीको मार्ग एकतर्फि रुपमा संचालनमा आएको छ । पहिरोका कारण अवरुद्ध भएको सो सडक पहिरो पन्छाएर एकतर्फी रुपमा सवारी आवतजावत कार्य सुचारु गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार कुलेखानी नजिकै सडकमा खसेको पहिरो हटाएपछि एकतर्फी रुपमा सवारी सञ्चालन गरिएको हो ।

वर्षा र पहिरोका कारण सडक माथिबाट ढुङ्गा खस्ने भएकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

कान्तिलोक पथ र भीमफेदी–कुलेखानी सडक अवरुद्ध

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*