सुनको भाउमा नयाँ किर्तीमान, तोलामा ९९ हजार ३ सय

हेटौडा न्युज
१६ श्रावण २०७७, शुक्रबार ११:२१
;

काठमाडौं । सुनको भाउले आज फेरि नयाँ किर्तीमान कायम गरेको छ ।
आज तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
 
हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो ।
 
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । ।
 
चाँदीको भाउ भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*