मनहरीलाई महेन्द्र राउतको कम्प्युटर सहयोग
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान महासचिव महेन्द्र राउतले मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीलाई कम्प्युटर सहयोग गरेका छन् । राउले शनिबार एक कार्यक्रमबीच पश्चिम क्षेत्र समितिलाई एक थान कम्युटर सेट सहयोग गरेका हुन् ।
राउतले पश्चिम क्षेत्र समितिलाई २५ हजार रुपैयाँ बराबरको एक थान कम्प्युटर सेट हस्तान्तरण गरेका हुन् ।
कम्प्युटर सेट हस्तान्तरण कार्यक्रममा बोल्दै राउतले पश्चिम क्षेत्र समितिलाई कम्प्युटर सहयोग गर्न पाउँदा खुशी लागेको बताए । पश्चिम क्षेत्र समितिले विगतदेखि नै राम्रो काम गरेको भन्दै उनले आगामी दिनमासमेत सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पश्चिम क्षेत्र समितिका अध्यक्ष नारायण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
राउतले आगामी दिनमा ‘जम्बो राउत महेन्द्र फाउण्डेसन नेपाल’ नामक संस्था मार्फत् सहयोग कार्यलाई निरन्तरता दिइने बताए ।











