प्रकाश सपुतको बलात्कार विरोधी ‘बदला बरिलै’ सार्वजनिक

हेटौडा न्युज
१८ श्रावण २०७७, आईतवार १५:४९

मकवानपुर । गायक प्रकाश सपुतको बलात्कार विरोध गर्दै नयाँ गीत ‘बदला बरिलै’को म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक सपुतको नयाँ गीतमा अपराध र बलात्कारजस्ता जघन्य सामाजिक अपराधको विरोधमा रहेको छ।

देवी घर्तीको स्वर रहेको गीतमा शब्द र संगीत सपुतकै रहेको छ । गीतको म्युजिक भिडयोको निर्दैशन पनि आफैले गरेका छन्।

म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र ध्रुव कोइराला मुख्य भूमिकामा छन्। गायिका बन्न हिँडेकी एक युवतीमाथि भएको बलात्कार र त्यसको बदलामा गीत र भिडियो केन्द्रित रहेको छ।

हेर्नुहोस् भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*