तीन किलोबढी गाँजासहित ६० वर्षीय पुरुष पक्राउ

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १२:५२
;

सिरहा । तीन केजी ४ सय ग्राम गाँजासहित एक जनालाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटिएको टोलीले मिर्चैया नगरपालिका–१० बाट गाँजासहित सिरहा नगरपालिका–१६ निवासी ६० वर्षीय मनै मोचीलाई पक्राउ गरेको हो।

बोरामा प्याकिङ गरी लैजाँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्दा गाँजा बरामद भएपछि मोचीलाई पक्राउ गरिएको जनार्ईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*