मेघाको ‘पोल्छ’ बोलको गीत सार्वजनिक

हेटौडा न्युज
२७ श्रावण २०७७, मंगलवार १२:२३

मकवानपुर । मेघा श्रेष्ठको पहिलो गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन–३ को एकमात्र गोल्डेन माईक विजेता मेघाको ‘पोल्छ’ बोलको पहिलो गीत सार्वजनिक भएको हो ।

निर्देशक लोकेश बज्राचार्यको अफिसियल युट्युब च्यानलबाट गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

रोहित जोन क्षेत्रीको अडियो प्रोडक्सनमा तयार भएको गीतमा लोकेश बज्राचार्यको शब्द र संगीत रहेको छ । गीतलाई बिजु कर्माचार्यले मिक्सिङ–मास्टरिङ गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा मेघा आफैले अभिनय गरेकी छिन् ।

शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको भिडियोलाई लोकेश बज्राचार्यले नै निर्देशन र सम्पादन गरेका हुन् ।

नेपाल आईडलको उपाधी दाबेदारका रुपमा हेरिएकी मेघा उत्कृष्ट ५ सम्म पुगेकी थिईन् ।

हेर्नुहोस् म्यूजिक भिडियो–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*