कोरोना नियन्त्रणमा चुकेको भन्दै सिडिओ र सहायक सिडिओको सरुवा

हेटौडा न्युज
२८ श्रावण २०७७, बुधबार १५:४२
;

वीरगंज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिमको मध्यनजर गर्दै विभिन्न स्थानीय सरकारले निषेधाज्ञा जारी गरेको छ । यस्तै गृहमन्त्रायलयले संक्रमण नियन्त्रणमा चुकेको पर्साका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ भने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई ललितपुर सरुवा गरिएको छ ।

सिडिओ कार्कीले बुधवार पर्सा छोड्नेछन् । उनको ठाउँमा धादिङमा प्रमुख जिल्ला अधिकारी रहेका आशमान तामाङ आउन लागेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*