थाहा नगर क्षेत्रमा निषेधाज्ञा जारी गर्न सिफारीस

हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार १७:२२
;

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा निषेधाज्ञा जारी गर्न सिफारीस गरीएको छ । थाहा नगरपालिकाले आफ्नो क्षेत्रमा निषेधाज्ञाको आदेश जारी गरिदिन जिल्ला सुरक्षा समिति र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई सिफारिस गरेको हो ।

नगरपालिकाले सात दिनको निषेधाज्ञा जारी गर्न सिफारीस गरेको छ । नगरपालिकाको सिफारीस अनुसार थाहा नगर क्षेत्रमा आज भदौ २ गते राति १२ बजेबाट ७ दिनका लागि निषेधाज्ञा लागू हुनेछ ।

बढ्दो कोरोनाको जोखिम नियन्त्रणका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु सञ्चालन नगर्ने गरी निषेधाज्ञाको आदेश जारी गरिदिन नगरपालिकाले सिफारिस गरेको जनाइएको छ ।

जिल्ला सुरक्षा समितिको वैठक बसेपछि आवश्यक निर्णय हुने जनाइएको छ ।

यस अघि मकवानपुरको हेटौंडा उपमहानगरक्षेत्र र मनहरी गाउँपालिकाको राजमार्गसँग जोडिएको आसपासको क्षेत्रमा निषेधाज्ञा लगाइको थियो ।

भदौ ९ गतेसम्मको लागि यि क्षेत्रहरुमा निषेधाज्ञा लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*