मन्त्री कै मोबाइल चोरियो
ललितपुर । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबको मोबाइल चोरी भएको छ । मन्त्री यादवको ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा रहेको घरबाट चोरी भएको हो ।
हाल उपत्यकामा रहेका मन्त्री यादवको घरको झ्यालबाट भित्र पसेर मन्त्री यादबले प्रयोग गर्ने २ थान मोवाइलसहित नगद दुई लाख रुपैया चोरी गरेर फरार भएको एसपी खबर डटकमले समाचार प्रकाशन गरेको छ ।
घटनापछि मन्त्री यादबले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ ।










