आफ्नो पहिलो कारको खोजीमा सचिन तेन्दुलकर

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १२:३६
;

भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरले आफ्ना समर्थकहरूसँग आफ्नो पहिलो कार पत्ता लगाउन सहयोग मागेका छन्। कारका सोखिन विश्वका सबैभन्दा सफल क्रिकेट खेलाडी मानिने तेन्दुलकरले त्यो कार मारुती ८०० भएको बताएका छन्।

सो कार सन् १९९० तिर भारतीयहरूबीच चर्चित थियो।

उनले कारको बारेमा थाहा भएका व्यक्तिलाई आफूलाई सम्पर्क गर्न भनेका छन् र थप विवरण दिएका छैनन्।

तेन्दुलकरले सन् २०१३ मा क्रिकेटबाट सन्यास लिएका थिए तर उनी अझै पनि भारतमा चर्चित सार्वजनिक व्यक्तित्व हुन्।

उनले इन्टरनेटको एउटा च्याटमा आफू व्यवसायिक क्रिकेट खेलाडी बन्ने बित्तिकै सो कार किनेको बताएका छन्।

त्यो समय मारुती ८०० एउटा कार मात्रै नभएर भारतीयहरूको सपना र सामाजिक प्रतिष्ठाको विषय थियो।

सन् २०१४ मा मारुतीले सो कारको उत्पादन रोक्ने घोषणा गर्दा धेरै भारतीयले सो कारको बारेमा आफ्नो पुरानो सम्झनाहरू लेखेका थिए।

तेन्दुलकरले अरू नयाँ कारहरू किनेपछि सो कार बेचेको बताएका छन्।

उनले किन आफू कारप्रति सोखिन भए भनेर पनि बताएका छन्।

ूमेरो घर नजिकै ठूलो गाडी लिएर चलचित्र हेर्न मिल्ने हल थियो। मानिसहरू कारमै बसेर चलचित्र हेर्थे। म र मेरो दाजु चाहिँ कार हेरेर बस्थ्यौँ,ू उनले लेखेँ।

तेन्दुलकर टेस्ट र एकदिवसीय क्रिकेटमा सबैभन्दा बढी रन बनाउने खेलाडी हुन्। उनले १९८ टेस्टमा १५ हजार ८ सय ३७ रन र ४ सय ६३ एकदिवसीय खेलमा १८ हजार ४ सय २६ रन बनाएका छन्।

सन् १९८९ को नोभेम्बरमा १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेका उनी सन् २०१२ मा क्रिकेटमा १ सय पटक एक सय वा बढी रन बनाउने एक मात्र खेलाडी बनेका थिए।

उनी दुई पटक भारतका कप्तान भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*