मलेसियाबाट उद्धार उडान हुँदै, टिकट लिइसकेकाहरु फर्कन पाउने

हेटौडा न्युज
८ भाद्र २०७७, सोमबार १७:३८
;

काठमाडौं । मलेसियाबाट फेरि चार्टर्ड उडान सञ्चालन गर्ने भएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडान बन्द गर्ने निर्णय गरेपछि रोकिएको उडान सरकारले फेरि सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो उडानमार्फत स्वदेश फर्कनका लागि गत अगष्ट १९, २० र २१ मा हुने उडानमार्फत टिकट लिइसकेकाहरुले आफ्नो उडान सुनिश्चित गर्न मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

यो उडानमार्फत कोभिड १९ पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रु मात्र नेपाल फर्कन पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*