बागमती प्रदेशको शिक्षा नीतिका लागि सुझाव माग
मकवानपुर । बागमती प्रदेशको प्रदेश शिक्षा नीतिको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरीएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार मस्यौदा सार्वजनिक गरी सुझाव माग गरेको हो ।
मन्त्रालयले मस्यौदा सार्वजनिक गर्दै १५ दिनको समयभित्र सुझाव पठाउन भनेको छ । सुझाव मन्त्रालयमा वा मन्त्रालयको इमेल ठेगानामा पठाउनु पर्ने हुन्छ ।
मन्त्रालयले प्रदेशको शिक्षा नीतिको प्रारम्भिक मस्यौदा तयार गरी आम सरोकारवालाहरुको अमूल्य सुझावको लागि आव्हान गरिएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताए ।
प्रदेशको शैक्षिक क्षेत्रमा नीतिगत मार्गदर्शन गर्ने महत्वपूर्ण दस्तावेज हुने भएकोले रचनात्मक तरिकाले संबैधानिक मार्गदर्शन र सङ्घीय शिक्षा नीतिको अधीनमा रहि रचनात्मक सुझावको अपेक्षा गरेको उनको भनाई छ ।
मस्यौदा माथिको सुझाव प्राप्त भएपछि प्रदेश सरकारले शिक्षासम्बन्धी विधेयक पनि बनाउने मन्त्री दुलालले बताए । सरकारले कानुन बनाउनुअघि नीति बनाउन सुझाव खोजेको उनको भनाई छ ।
हेर्नुहोस् शिक्षा नीतिको मस्यौदा
बागमती_प्रदेशको_शिक्षा_नीति_मस्यौदा









