बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
१२ भाद्र २०७७, शुक्रबार १२:२९
;

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका तिलोत्तमा–४ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

सङ्क्रमितको शुक्रबार बिहान मृत्यु भएको जनाइएको छ । उनी भदौ ७ गते अस्पतालमा भर्ना भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*