लियो हेटौंडा सुर्योदय क्लासिकको अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौडा न्युज
१६ भाद्र २०७७, मंगलवार १५:३२
;

मकवानपुर । लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको आयोजनामा मंगलवार जुम एप मार्फत अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

समाजसेवामा सक्रिय रहेको लायन्स क्लबको युवा कार्यक्रम अन्तर्गत रहेको लियो क्लबहरुले विभिन्न कार्य गर्दै आएको छ । सोही अनुसार लायन्स क्लब अफ हेटौंडा सुर्योदयको युवा कार्यक्रमको रुपमा स्थापना भएको उक्त क्लबले आज भर्चुअल अभिमुखिकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा बालबालिकाको क्षेत्रमा लामो समय क्रियाशिल तथा एस।ओ।एस बालग्राम ईटहरीमा कार्यरत काउन्सिलरद्वय मानकुमार गुरुङ र अनिसा अर्यालले कोरोनाको महामारी र यसका मानसिक असर बारे जानकारी गराएका थिए ।

लियो क्लब अफ सुर्योदय क्लासिकको प्रथम उपाध्यक्ष लियो पारस पाठकको सभाध्यक्षता तथा क्लबका सहसचिव लियो भुवन घलानको संयोजकत्वमा कार्यक्रम भएको हो ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ वर्ष २०२०र२१ का डिष्ट्रीक गभर्नर एम.जे.एफ. लायन शम्भु नकर्मीको प्रमुख आतिथ्यता तथा जोन चियर पर्शन लायन किशोर कुमार टण्डन, तथा लायन्सका पदाधिकारी तथा लियो जिल्ला परिषद् ३२५ बी २ नेपालका प्रथम उपाध्यक्ष लियो अनिश लामिछाने, लियो सचिव सुशील कुमार महतो, कोषाध्यक्ष लियो राजन श्रेष्ठ एवम् मिडिया प्रोग्राम चिफ लियो गणेश दुलालको विशिष्ट अतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*