थप १ हजार ६९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४० हजार नाघ्यो
काठमाडौं । नेपालमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६९ थपिएसँगै संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।
देशभर ७ हजार २ सय ८० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा थप ७ सय ६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २२ हजार १ सय ७८ उपचारपछि निको भएका छन्।










