हेटौंडामा थप ३० जनामा कोरोना पुष्टि

मकवानपुर । हेटौंडामा थप ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र हेटौंडामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका क्षेत्रका २९ जना रहेका छन् भने १ जना भक्तपुरका रहेका छन् ।
प्राप्त जानकारी अनुसार ११ जना महिला र १८ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै भक्तपुर जिल्ला स्थायी ठेगाना भई हेटौंडा बस्दै आएकी एक महिलालाई पनि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
गत भाद्र १३ गते सङ्कलन गरिएको २ सय ७५ स्वाबको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । आज परीक्षण भएका २ सय ७५ स्वाब मध्ये २ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ५ जना कोरोना सङ्क्रमितहरुको पुनः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।
संक्रमित विवरण:
हेटौंडा-१ का ३ जना (१८, ४२ र ४६ वर्षीय पुरुष)
हेटौंडा- २ का ३ जना (२६ वर्षीया महिला र ४३, ३३ वर्षीय पुरुष)
हेटौंडा- ४ का ८ जना (४२, ५८, ५४ वर्षिया महिला र ४८, ५९, ६१, ३५, ३६ वर्षीय पुरुष)
हेटौंडा- ५ का ४ जना (५२ वर्षीया महिला र ५७, ४०, ३६ वर्षीय पुरुष)
हेटौंडा- ७ का ३ जना (३२ वर्षीया महिला र ६६, ४० वर्षीय पुरुष)
हेटौंडा- ८ की १ जना (३७ वर्षीया महिला)
हेटौंडा- १० का ४ जना (४३, ४५ वर्षीया महिला र २५, ३५ वर्षीय पुरुष)
हेटौंडा- ११ का ३ जना (२८, ५३ वर्षीय महिला र ६५ वर्षीय पुरु)
भक्तपुर घर भएकी एक जना २३ वर्षीया महिला