कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ५१ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।
मृत्यु हुनेमा ६ महिला र ६ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार चितवनका ५५ र १८, काठमाडौँकी ८९, लतिलपुरकी ७०, तनहुँकी २० र कपिलवस्तुकी ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
त्यस्तै बारा ९७, चितवन ६५, काठमाडौँ ७० र ७५ भक्तपुर ४० धादिङको ४७ वर्षीय पुरुषको मृत्यु भएको हो ।










