२०२१ मा टोकियो ओलम्पिक जसरी पनि गर्नुपर्छः उपाध्यक्ष कोट्सल

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का उपाध्यक्ष जोन कोट्सले २०२१ मा ओलम्पिक ‘टोकियो ओलम्पिक’ जसरी पनि गर्नुपर्ने बताएका छन् । उपाध्यक्ष कोट्सले कोरोना महामारी नियन्त्रणमा नआए पनि २०२१ मा ‘टोकियो ओलम्कि’ संचालन गर्नुपर्ने बताएका हुन् ।
टोकियो २०२० का अध्यक्ष योशिरो मोरीले २०२१ मा आयोजना गर्न नसके ओलम्पिकको यो संस्करण रद्द गर्नुपर्ने बताएका छन् ।
कोरोना संक्रमणका कारण २०२० जुलाईमा हुने तय भएको ओलम्पिक खेल एक वर्षका लागि स्थगित गरिएको थियो । जापान सरकार, जापानी आयोजक, आईओसी तथा आईओसीका सदस्य राष्ट्रहरुको सामूहिक निर्णयमा २०२१ जुलाई २३ बाट शुरु हुने गरी एक वर्षका लागि ओलम्पिक स्थगित गरिएको थियो ।