जगदम्बा स्टील्स र मंगला सिमेन्ट उद्योग कारबाहीमा
काठमाडौं । जगदम्बा स्टील्स र मंगला सिमेन्ट उद्योग कारबाहीमा परेका छन् । उद्योगबाट उत्पादित बस्तुहरु नेपाल गुणस्तर अनुरुप नभएको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले बारा जिल्लाको जगदम्बा स्टील्स प्रालि र धादिङ जिल्लाको मंगला सिमेन्ट उद्योग प्रा.लि. लाई बारबाही गरेको हो ।
विभागले दुवै उद्योगबाट उत्पादित बस्तुहरु नेपाल गुणस्तर अनुरुप नभएकाले कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।

जगदम्बाको संकलित नमुनामा कार्बनको मान अधिकतम शुन्य दशमलव ३० प्रतिशत हुनुपर्नेमा शुन्य दशमलव ३५ प्रतिशत भएको र सल्फरको मान अधिकतम शुन्य दशमलव शुन्य ५५ प्रतिशत हुनुपर्नेमा शुन्य दशमलव शुन्य ६० प्रतिशत भएकाले गुणस्तर मापदण्ड विपरित भएको विभागले जनाएको छ ।

त्यस्तै मंगला सिमेन्टको संकलित नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ ३ र ७ दिनको मान क्रमशः १४ एमपिए १९ एमपिए हुनु पर्नेमा १६ एमपिए र २२ एमपिए भएकाले गुणस्तर मापदण्ड विपरित भएको रहेको छ ।












