बाह्रबिसे पहिरोस्थलमा पुगे सभामुख सापकोटा

हेटौडा न्युज
२८ भाद्र २०७७, आईतवार १३:००
;

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रविसे घुम्थाङस्थित पहिरोस्थल पुगेका छन् ।

गएराति अविरल वर्षसँगै गएको पहिरो बारे खबर पाएपछि उनी सडकमार्गबाट बिहानै त्यसतर्फ लागेका थिए ।

सापकोटाले पहिरोपीडीतहरूलाई राहत तथा पुनर्स्थापनाको लागि आश्वासन दिएका छन् ।

साथै बारम्बार विपत्तिमा परेको सिन्धुपाल्चोकमा भूगर्भविद्को टोली ल्याएर अध्ययन गराइ थप कदम चाल्ने बताएका छन् ।

गए रातिको वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजे, भीरखर्कलगायतका स्थानमा पहिरो जाँदा ठूलो मानवीय क्षति भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*