टेलिकमका हजारौं ग्राहकको ब्यालेन्स काटियो
काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणालीमा समस्या देखिएपछि हजारौं ग्राहक प्रभावित बनेका छन् ।
शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा समस्या देखिएपछि टेलिकमका हजारौं ग्राहकको ब्यालेन्स काटिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताएका छन् ।
बिलिङ प्रणालीमा समस्या आएपछि डेटा सब्स्क्राइब गरेको भए पनि मेन ब्यालेन्सबाटै भुक्तानी जाने समस्या करिब २० हजार ग्राहकमा भएको उनले बताए ।
सबै उपभोक्ताको डेटा सब्स्क्राइबबापत्को रकम फिर्ता गरिएको जनाइएको छ ।










