लुटपाट र बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या
बझाङ । बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन् । पशुचौपाया बाँध्न सिमछानामा गएकी बालिका गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिममन्दिरमा शव फेला परेको हो ।
शरीरभरि निलडाम र नग्न अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । बालिकाले कानमा लगाएका मुन्द्रा समेत लुटेर लगेको स्थानीयले जनाएको छ ।
प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।










