काठमाडौं । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु केही दिन अघि नै राजीनामा दिएका हुन् ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा रेग्मीको राजीनामा स्वीकृत भएको हो ।
मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गते सकिँदै थियो ।