बागमती प्रदेशसभा सचिवालयले लोगो परिवर्तन गर्ने
मकवानपुर । बागमती प्रदेशको प्रदेशसभा सचिवालयले लोगो परिवर्तन गर्ने भएको छ ।
साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू–भाग समावेश गर्न लागिएको हो।
अब बनाइने लोगोमा नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेशसभा लेखेको हुनुपर्नेछ।
सचिवालयले आगामी १५ दिनभित्र लोगो डिजाइन गरी प्रदेशसभा सचिवालयको जिन्सी शाखामा बुझाउन बुधबार सूचना जारी गरेको छ ।
उत्कृष्ट लोगो डिजाइन गर्नेलाई तीस हजार पुरस्कार दिइने सचिवालयले जानकारी दिएको छ।











