हेटौंडामा डा. के.सीको समर्थनमा नेविसंघको प्रदर्शन

हेटौडा न्युज
२२ आश्विन २०७७, बिहीबार १७:३९
;

मकवानपुर । अनसनरत डा. के.सीको समर्थनमा नेपाल विद्यार्थी संघ मकवानपुरले हेटौंडाको बुद्ध चोकमा प्रदर्शन गरेको छ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै २४ औं पटक अनसन बसेका डा. केसीको समर्थनमा नेविसंघका युवा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

हेटौंडाको बुद्धचोकमा अपरान्ह ४ बजेदेखि करिब आधा घण्टा केसीको समर्थनमा नेविसंघका युवाहरुले प्रर्दशन गरेका थिए ।

प्रर्दशनमा गोविन्द केसीको जीवन रक्षा हुनुपर्ने, केसीको माग पुरा हुनुपर्ने, मेडिकल माफिया मुर्दावाद, कोरोनासंग लड्ने कि अराजकतासंग लगायतका नाराका साथ प्रदर्हन गरेको थियो ।

प्रदर्शनमा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, कांग्रेस जिल्ला सदस्य एवं विद्यार्थी विभाग प्रमुख राजिव सुवेदी, नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*