थप उपचारका लागि मुख्यमन्त्री पौडेललाई काठमाडौँ लगियो
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र उनकी धर्मपत्नीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मुख्यमन्त्री पौडेल र उनकी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि शुक्रबार काठमाडौँ लगिएको हो ।
कोरोना संक्रममित दुबैजनालाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जनाइएको छ ।
विहिबार मुख्यमन्त्री पौडेल उनकी धर्मपत्नी र सचिवालयका अन्य ६ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
मुख्यमन्त्री पौडेल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।











