हेटौंडाको हर्नामाडीमा मोटरसाइकल दुर्घटना, एक घाइते

हेटौडा न्युज
८ कार्तिक २०७७, शनिबार १७:४८
;

मकवानपुर ।  मकवानपुरको हर्नामाडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । धरान चतरा सडकखण्ड अन्तर्गतको हेटौँडा-१८ हर्नामाडी, ठुलदमारमा मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका हुन् ।

हटियाबाट फुर्केचौर तर्फ जाँदै ना ५४ प ८९१८ मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

घाइते हुनेमा हेटौँडा-१६ बस्ने डानियल कार्की रहेका छन् । उनको  हेटौँडा अस्पतालमा उपचार संभव नभएपछि थप उपचारका लागि हेटौंडाको चुरेहिल हस्पिटल पठाइएको जनाइएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*