हेटौंडा जेसीजको साक्लिङ प्रतियोगिताको उपाधि हुमीलाई

मकवानपुर । हेटौंडा जेसीजको महिला साक्लिङ प्रतियोगिताको उपाधि प्युठानकी हुमी बुढा मागरले जितेकी छिन् । शनिबार देशमा नै पहिलो पटक मकवानपुरमा आयोजना भएको राष्ट्रिय स्तरको अपहिल महिला साइकिलिङ प्रतियोगितामा मगर प्रथम हुन सफल भएकी हुन् ।
राष्ट्रिय सतरका १२ जना महिला साइक्लिस्टहरु सहभागी प्रतियोगितामा ४८ मिनेट २० सेकेन्डमा निर्धारीत दुरी (७.८ किलोमिटर) पार गरेकी थिइन् ।
पाँचथरकी इन्द्रकला नेम्वाङले ५१ मिनेट २९ सकेन्डमा निर्धारीत दुरी पार गर्दै दोस्रो स्थान हासिल गरिन् भने ५४ मिनेट १० सेकेन्डमा सोलुखुम्बुकी मिङ्मार याङजीङ शेर्पाले तेस्रो स्थान हासिल गरिन् ।
विजेताहरुलाई मेडल, प्रमाण पत्र र क्रमश १८ हजार, १२ हजार र ६ हजार नगद सहित पुरस्कृत गरिएको थियो ।
लैङ्गिक हिंसाको १६ दिने अभियान अन्र्तगत महिलाको सहभागितामा साइक्लिङ च्यालेन्ज गरिएको हेटौंडा जेसीसका अध्यक्ष राजदेव बानियाँले बताए ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित सामरी पुलदेखि मकवानपुरगढी–५ मा पर्ने गुम्बाडाँडासम्म ७ किलोमिटर ८ सय मिटर साइक्लिङ गरिएको थियो ।
उक्त प्रतियोगितामा साग खेलमा गोल्ड मेडल जितन सफल लक्ष्मी महर्जनसहित १२ जना राष्ट्रिय खेलाडीहरुले सहभागीता जनाएका थिए ।
विजयीहरुलाई भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले सम्मानसमेत गरेका थिए । कार्यक्रममा हेटौंडा जेसीसका पुर्व अध्यक्ष अरुण कुमार दाहाल, मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठ, कार्यक्रम संयोजक लिशेन बस्नेत, कार्यकारिणी उपाध्यक्ष पवन कंसाकार लगायतकाको अतिथ्यता रहेको थियो ।