ओली समुहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाए
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पदबाट हटाएको छ । बिहिबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष दाहाललाई कारबाही गरी कार्यकारी अध्यक्ष पदबाट हटाएको हो ।
अक्षमता प्रदर्शन गरेको र पार्टीमा ध्यान नपुर्याएको भन्दै उनलाई कार्यकारी अध्यक्षको जिम्मेवारीबाट हटाइएको एक जना केन्द्रीय कमिटी सदस्यले जानकारी दिए ।
ओली पक्षका केन्द्रीय सदस्यहरूको सर्वसहमतिमा प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाइएको जनाएको छ ।











