बागमती प्रदेशका ३ मन्त्रीले दिए राजीनामा

हेटौडा न्युज
१० पुष २०७७, शुक्रबार १२:३९
;

बागमती प्रदेशका ३ जना मन्त्रीले राजिनामा दिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलाल शरद, आन्तरीक मामिला तथा कानुन मनत्री शालिकराम जमकट्टेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले राजिनामा दिएका हुन् ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलै संघिय संसद विघटन गरेपछि सत्तारुढ दल नेकपाका नेता तथा कार्य कर्ता विभाजित भएका छन् । प्रधानमन्त्री ओलीको सो कदमको असर प्रदेश सरकारमा पनि परकेो छ ।

प्रधानमन्त्रीको सो. कदमको विरुद्धमा रहेका बागमती नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहका तिन जना मन्त्रीले पदबाट राजिनामा दिएका हुन् ।

उनीहरुले प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्तावसमेत दर्ता गराएका छन् ।

उनीहरुले मुख्यमन्त्री पौडेल नेतृत्वको सरकारले अखिले जनताको भावना काम गर्न नसकेको, विकास निमार्ण, सुशासनमा निकै सुस्त तथा प्रदेश सरकारको महत्व स्थापित गर्न नसकेको भन्दै राजिनामा दिएका छन् ।

उनीहरुले २०७४ माघ २९ गते मन्त्री पदको सपथ लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*