प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, प्रदेशसभा विघटन गर्न सक्ने !

हेटौडा न्युज
१० पुष २०७७, शुक्रबार १३:२९
;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बालुवाटार स्रोतका अनुसार नेकपा विभाजनपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।

यसबीचमा सात जना मन्त्रीले प्रतिनिधि सभा विघटनको विरोधमा राजीनामा दिएका छन्।

आजको बैठकले प्रदेशसभा विघटनको सिफारिस हुनसक्ने आँकलन समेत गरिएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीले आजै मन्त्रीमण्डल हेरफेर गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*