भद्रकालीमा बस दुर्घटना, ३ जना घाइते

हेटौडा न्युज
१ माघ २०७७, बिहीबार १२:०९
;

काठमाडौं । काठमाडौंको भद्रकालीमा बस दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । भद्रकाली आकाशेपुल नजिक बा ३ ख ४४३७ नम्बरको बस अनियन्त्रित भइ पल्टिँदा तीन जना घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसरका अनुसार बिहीबार बिहान बस अनियन्त्रीत भइ सडकमा पल्टिएको हो ।

दुर्घटनामा घाइते भएकाहरुको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको तर सबैको पहिचान खुलिनसकेको जनाइएको छ ।

घटनापछि केहीबेर सवारी साधन आवागमनमा समस्या भए पनि अहिले सञ्चालनमा आइसकेको जनाइएको छ ।

बसमा तीनजना मात्रै यात्रु रहेको प्रहरीको भनाइ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*