राष्ट्रपति र प्रधानमन्त्री कार्यालयको जवाफ अदालतबाट फिर्ता लगेर फेरि ल्याइयो
काठमाडौं । संसद विघटन विरुद्ध परेको रिटको बारेमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले अदालतमा पठाएको जवाफ फिर्ता लगेको खुलेको छ । संसद् विघटनविरुद्ध परेको रिटहरूमाथि भइरहेको सुनुवाइका क्रममा ष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले अदालतमा पठाएको जवाफ फिर्ता लगेको खुलेको हो ।
यी दुवै कार्यालयले सर्वोच्चको संवैधानिक इजलासमा पठाएको जवाफ फिर्ता लगी केही सच्याएर आज शुक्रबार पुनः ल्याएको जनाइएको छ ।
अदालतमा पठाइसकेको जवाफ झगडिया पक्षले फिर्ता लैजान नपाइने प्रवधान छ ।
फिर्ता लगेर फेरि ल्याइएको जवाफमा केही सच्याइएको जनाइएको छ ।











