बालुवाटार घेर्दै प्रचण्ड–माधब समुहको अनेरास्ववियू

हेटौडा न्युज
२५ माघ २०७७, आईतवार १५:२५
;

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधब समुह निकट अनेरास्ववियूले बालुवाटार घेराउ गर्ने भएको छ । अनेरास्वयूले अहिले केहि बेरमा बालुवाटार घेराउसङ्गै प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउँदै छ ।

प्रतिगमनको विरोध गर्दै अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने कार्यक्रम भइरहेको र प्रधानमन्त्रीलाई विरोधपत्र बुझाउने कार्यक्रम राखिएको संगठनले जनाएको छ।

अनेरास्ववियु गत पुस ५ गते असंवैधानिक तवरले गरिएको प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै आन्दोलनरत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*