मेरो निर्वाचन क्षेत्रमा राममन्दिर बने बढी खुशी मलाई नै मिल्छ– प्रचण्ड

हेटौडा न्युज
४ फाल्गुन २०७७, मंगलवार १४:०६
;

चितवन । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणाधिन सिटीहल र पुल्चोक गोन्द्राङ ६ लेन सडकको अवलोकन गरेका छन् ।

सो क्रममा स्थानीय पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आफ्नो निर्वाचन क्षेत्रमा राम जन्मिएको पुष्टि भए सबैभन्दा खुशी आफूलाई मिल्ने बताएका छन् । तर प्रधानमन्त्री ओलीको यो राजनैतिक फण्डा मात्रै रहेको र यसलाई पुरातात्विक अन्वेषणबाट प्रमाणित गर्न प्रधानमन्त्री ओलीलाई चुनौति समेत दिएका छन् ।

त्यसका लागि सबैभन्दा बढी आफैले सहयोग गर्ने समेत बताएका छन् । अध्यक्ष प्रचण्डले आफूलाई सिध्याउन र राजनीति दुषित पार्ने उद्देश्यले ल्याईएको समेत दाबी गरेका छन् । भरतपुरमा निर्माणाधिन सिटी हल र ६ लेनको सडक आफुले ल्याउन पहल गरेको तर प्रधानमन्त्री ओलीले यसलाई रोक्न लागि परेको आरोप समेत लगाएका छन् ।

अध्यक्ष प्रचण्डले संसद पुनस्र्थापना नभए देश अराजकताको भुमरीमा पर्ने धारणा व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*