मकवानपुरमा २० किलो गाँजासहित एकजना पक्राउ

हेटौडा न्युज
४ फाल्गुन २०७७, मंगलवार १७:०८
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले आज मंगलबार २० केजी लागूऔषध गाँजासहित एकजनालाई पक्राऊ गरेको छ ।

असई शिवराज गुरुङको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा वडा नं. ३ को लेवटबाट बीरगञ्ज तर्फ जानका लागि गाडी कुरीरहेको अवस्थामा पर्सा वीरगंज महानगरपालीका वडा नं. ३२ बस्ने बर्ष १९ का सञ्जय महतोलाई पक्राऊ गरेको जनाएको छ ।

पक्राऊ परेका उपर आवश्यक अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*