सर्वोच्च जाँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सर्वोच्च अदालतमा उपस्थित हुने भएका छन् । अपहेलना मुद्दा खेपिरहेका प्रधानमन्त्री ओली आज लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित हुने भएका हुन् ।
प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरूको मानमर्दन गरेको र अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको आरोप लगाउँदै सर्वौच्चमा प्रधानमन्त्री ओलीविरुद्ध माघ १३ गते सवोच्चमा अवहेलना मुद्दा परेको थियो ।
सो मुद्दामा सर्वोच्चले मागेको त्यससम्बन्धी लिखित जवाफ बुझाउनको लागि प्रधानमन्त्री ओली सर्वोच्च जान लागेका हुन् ।