क्यामरुनी क्लबलाई हराउदै गोेल्डकपको फाइनलमा त्रिभुवन आर्मी

हेटौडा न्युज
५ चैत्र २०७७, बिहीबार १८:२७
;

मकवानपुर । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति राष्ट्रिय गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी प्रवेश गरेको छ । क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन क्लबलाई ० का विरुद्ध १ गोलको अग्रतासँगै आर्मी क्लब फाईनलमा प्रवेश गरेको हो ।

फाईनल खेल आगामी शनिबार रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ र त्रिभुवन आर्मी क्लबका बीच फाईनल खेल हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

त्यस्तै विधागत रुपमा उत्कृट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*