मकवानपुर प्रहरीद्वारा ३ जना फरार प्रतिवादी पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अदालतबाट जरिवाना तथा सजाय आदेश भएता पनि फरार रहेका ३ जनालाई पक्राऊ गरेको छ । मकवानपुर जिल्ला अदालतको २०७६ साल पौष २७ गतेको फैसलाले चेक अनादर मुद्दामा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीका रुपमा रहेका हेटौडा वडा नम्बर–१ की वर्ष ३७ की भवानी राना तामाङलाई आज पक्राऊ गरेको जनाएको छ । पक्राऊ परेकी तामाङलाई जरिवाना भुक्तानको लागि मकवानपुर जिल्ला अदालतमा उपस्थित गराई जरिवाना भुक्तान गराईएको जनाएको छ ।
त्यस्तै, मकवानपुर प्रहरीले गत २०७४ पौष १३ गतेको फैसलाले चेक अनादर मुद्दामा जरिवाना भुक्तान गर्न बांकी रहेका फरार प्रतिवादी हेटौडा वडा नं.–८ बस्ने वर्ष ३७ की पिन्की पाण्डे श्रेष्ठलाई पक्राऊ गरी जिल्ला अदालत मकवानपुरमा पेश गरेको छ ।
मकवानपुर प्रहरीले सवारी ज्यान मुद्दामा जरिवाना भुक्तान गर्न बांकी रहेका फरार प्रतिवादी हेटौडा वडा नं.–८ बस्ने वर्ष ३० को ज्ञानेन्द्र देउलालाई समेत पक्राऊ गरेको छ । मकवानपुर जिल्ला अदालतको गत २०७३ श्रावण ०६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा जरिवाना भुक्तान गर्न बांकी रहेका फरार प्रतिवादीका रुपमा रहेको देउलालाई पक्राऊ गरेको जनाएको छ । पक्राऊ गरेका देउलालाई जिल्ला मकवानपुर अदालतमा उपस्थित गराई जरिवाना भुक्तान गराईएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन् ।