हेटौंडामा लागूऔषध सहित १ जना पक्राऊ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले लागूऔषध सहित १ जनालाई पक्राऊ गरेको छ । मकवानपुर प्रहरीले हिजो चैत्र ३० गते दिउँसो करीब ४ बजे हेटौंडा–९ स्थित पूर्वपश्चिम सडक खण्डबाट सोही स्थानका बर्ष २५ का सोभित तामाङलाई पक्राऊ गरेको जनाएको छ ।
प्रहरीले चेकजाँचको क्रममा उनको साथबाट लागूऔषधका रुपमा समेत प्रयोग हुने डाईजेपाम १६ एम्पुल, फेनार्गन १६ एम्पुल, नुर्फिन १६ एम्पुल फेला पारेको जनाएको छ ।
पक्राऊ परेका तामाङलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्वाही अघि बढाईएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन् ।










