हेटौंडा उपमहानगरको बजेट २ अर्ब ६० करोड

हेटौडा न्युज
१० असार २०७८, बिहीबार १५:११
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।

बिहीबार बसेको नगरसभाको नवौं बैठकमा उपमेयर मीनाकुमारी लामाले नीति तथा कार्यक्रमसहित आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

विनियोजित बजेटको खर्चमध्ये आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख, प्रदेश सरकारका विभिन्न अनुदानबाट प्राप्त १२ करोड ६६ लाख, संघीय सरकारको अनुदानबाट १ अर्ब २ करोड, नगर विकास कोषको अनुदान ९ करोड र चालू वर्षको मौज्दातबाट ५६ करोड बेहोरिने उपमेयर लामाले बताइन् ।

उपमहानगरले प्रस्तुत गरेको बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ २५ करोड ८७ लाख, आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ८१ करोड ९५ लाख, पूर्वाधार विकासतर्फ १ अर्ब ३० करोड ४५ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ करोड ४४ लाख रुपैयाँ र संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ३ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको उममेयर लामाले बताईन् ।

नगरसभामा प्रस्तुत गरीएको नीति तथा कार्यक्रम र बजेटमाथि छलफल भएपछि बजेट पास हुने बताईएको छ ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*