मनहरीमा बोलेरो दुर्घटना चालकको घटना स्थलमै मृत्यु
मकवानपुर । पुर्व पश्चिम राजमार्ग अन्र्तगत मनहरीमा बोलेरो गाडी दुर्घटना हुँदा घटना स्थलमै चालकको मृत्यु भएको छ ।
बिरगंजबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ३–०१–००२४ च १४३० नम्बरको कुखुरा बोकेको बलेरो गाडी मनहरी गाउँपालिका वडा नम्बर–९ ज्यामिरेमा सडकबाट ५० फिट तल खोल्सामा खस्दा चालकको घटना स्थलमै मृत्यु भएको हो ।
सोही गाडीमा सवार अर्का एकजनालाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ ।










