बिहीबार मकवानपुरमा मास्क नलगाउने ३२ जनालाई कार्वाही

हेटौडा न्युज
३ भाद्र २०७८, बिहीबार १७:५३
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार मास्क नलगाउने ३२ जनालाई कार्वाही गरेको छ ।

बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलीले मास्क नलगाउने ३२ जनालाई जनही एक सय रुपैँयाका दरले जरिवाना गराएको छ ।

यस्तै प्रहरीले विभिन्न स्थानमा ३ सय ६६ थान मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*