मानुषी लघुवित्तको (आईपीओ) भोलि बाँडफाँड हुने

मकवानपुर । मानुषी लघुवित्तले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) भोलि बाँडफाँड हुने भएको छ ।
कम्पनीको बिक्रि प्रबन्धक एसबिआई क्यापिटलले सोमबार बिहान क्यापपिटलको केन्द्रिय कार्यालयमा हुने जनाएको हो ।
कम्पनीले गत साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधरणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि तीन लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।
कम्पनीको आइपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् ।