नेपाली काङ्ग्रेस वडा नम्बर ४ सभापतिमा पौडेल चयन
मकवानपुर । नेपाली काङ्ग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को अधिवेशनबाट वडा सभापतिमा हरिप्रसाद पौडेल चयन भएका छन् ।
आज हेटौंडा–४ स्थित क्वीक २० पार्टी प्यालेसमा भएको अधिवेशनबाट पौडेल नेतृत्वको वडा समितिको सचिवमा विजय कार्की र रमेश मुडभरी, सहसचिवमा कृष्णप्रसाद प्रसाई र रामेश्वर पराजुली सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत प्रद्युम्न उपाध्यायले जानकारी दिए ।
यस्तै क्षेत्रीय प्रतिनिधि २७ जना पनि सर्वसम्मत चयन भएका छन् । ४ नम्बर वडामा नेपाली काङ्ग्रेसको सक्रिय सदस्य दुई सय ८८ जना छन् ।











