सरकार सार्वजनिक संस्थानलाई निजीकरण गर्ने पक्षमा छैन: अर्थमन्त्री शर्मा
मकवानपुर । सार्वजनिक संस्थानलाई निजीकरण नगरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
संसदमा विनियोजन अध्यादेशमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सार्वजनिक संस्थानहरु निजीकरण गरिने नभई व्यवस्थापन सुधारबाट क्षमता बढाउने योजना रहेको बताए । सरकार सार्वजनिक संस्थानको निजीकरणको पक्षमा नरहेको उनले बताए ।
पछिल्लो समय नेपाल एयरलाइन्सलाई कम्पनी मोडेलमा लैजान शुरु गरिएको प्रक्रियालाई निजीकरण गर्न लागेको भन्दै आलोचना भइरहेको छ ।











