बिहीवार शेयर बजारमा ठूलो अङ्कले गिरावट
मकवानपुर । बिहीवार शेयर बजार परिसूचक एकैछिनमा ठूलो अङ्कमा घटेको छ ।
कारोबार खुलेसँगै घट्ने क्रममा देखिएको बजारमा १२ बजेसम्म करिब ६९ अङ्कले घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिदा एउटा बाहेकका सबै कम्पनीहरु घटेका छन् । यद्यपि, २ म्युचुअल फण्ड र एउटा डिबेञ्चर भने बढेको छ ।
त्यसबाहेकका सबै कम्पनीको शेयर मूल्य घटेर राताम्मे देखिएको छ । बढ्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था देखिएको छ । कारोबार खुला भएको एक घण्टामा यो कम्पनीको शेयर ५२ रुपैयाँले बढेर ८ सय ७० रुपैयाँ पुगेको छ । २ सय १६ कम्पनीको कारोबार हुँदा २ सय १२ वटा कम्पनीको शेयरमूल्य घटेको छ ।











