दशैं बिदा पछिको पहिलो दिन नेप्से दोहोरो अंकले बढ्यो
मकवानपुर । दशैं बिदा पछि कारोबार खुला भएको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
नेप्से परिसूचक १७ दशमलव ५९ अंकले बढेर २ हजार ६ सय ५६ दशमलव ९६ अंकमा पुगेको छ ।‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव १७ अंक्ले बढेको छ ।
नेप्से परिसूचक दोहोरो अंकले बढेपनि कारोबारमा भने उल्लास देखिएन । कारोबार रकम १ अर्ब ४९ करोड ७३ लाख ७५ हजार ३७१ रुपैयाँमा रोकिएको छ ।











